अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु

काठमाडौँ। अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् । घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती […]

सम्बन्धित सामग्री

सर्बियामा अन्धाधुन्ध गोली प्रहार हुँदा ८ जना मारिए

सर्बियाको म्लादेनोभाक शहरमा एक आक्रमणकारीले सडकमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली लागेर ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

इरानको प्रदर्शनका अज्ञात समुहद्वार गोली प्रहार

एजेन्सी । इरानमा जारी प्रदर्शनका क्रममा अज्ञात बन्दुकधारीले प्रदर्शनकारी र सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ । इरानको खुजेस्तान प्रान्तको एक बजारमा भएको गोलाबारीमा १० जना घाइते भएका छन् । इरानको खुजेस्तानको इजेह शहरको सेन्ट्रल मार्केटमा दुईवटा मोटरसाइकलबाट आएका अज्ञात बन्दुकधारी समुहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका थिए । अहिलेसम्म […]

रुसी स्कुलमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

१० असोज, काठमाडौं । रुसमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । इन्जेवस्क शहरको स्कुलमा बन्धकुधारीले गोली चलाएका हुन् । घटनामा ५ बालबालिका मारिएका छन् । दुई शिक्षक र दुई सुरक्षा गार्डको पनि मृत्यु भएको छ । एक हजारभन्दा बढी विद्यार्थी अध्ययरनत स्कुलमा अन्धाधुन्ध गोली चलाएपछि उनले आफैंलाई पनि गोली […]

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार हुँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडौं । क्यानाडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा गरी दुई जनाको मृत्यु भएकाे छ । भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको हो । घटनामा अन्य दुई जना भने घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीकाे पनि मृत्यु भएकाे छ । घाइते एक महिलाको अवस्था भने गम्भीर रहेको जनाइएकाे छ । […]

दक्षिण अफ्रिकाको एक बारमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको शोवोतेमा रहेको बारमा हतियारधारी समूह प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा अरु दर्जनौं घाइते भएका छन् । हतियारधारीहरुले आक्रमणपछि बस चढी फरार भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ […]

कोपनहेगनस्थित सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

डेनमार्कको कोपनहेगनस्थित एक शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको मृत्यु भएको छ।अरु कैयौँ घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।दक्षिणी कोपनहेगनको फिल्ड्स मलमा त्यहाँको स्थानीय समअनुसार आइतबार दिउँसो एक युवकले अचानक बन्दुक चलाएका थिए। २२ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउन थालेपछि मानिसको भागदौड भएको थियो।गोली चलाउने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यहाँका प्रहरी प्रमुख सोएरेन थमसनले आक्रमणको कारण थाहा नभए पनि आतंकवादी आक्रमण नभएको बत

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

११ जेठ, काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् । टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । […]

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अरु १२ जना घाइते भएका छन्। साक्रामेन्टोको मध्य क्षेत्रमा आइतबार गोलीकाण्ड भएको हो। रेस्टुरेन्ट तथा बारहरु रहेको क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड मच्चिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहार गरेको आशंकामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्। […]

अमेरिकाको मिशिगनस्थित विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् । डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित […]

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, एक नेपालीसहित चारको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ । मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछ...