काठमाडौं (अस) । भैरहवास्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरमा महालक्ष्मी विकास बैंकका ग्राहकले छूट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाले बिहीवार सम्झौता गरेका छन् । बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई उक्त रेष्टुरेन्ट तथा बारको सेवामा छूट दिइने बैंकले जानकारी दिएको छ ।