मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मुख्य दुईटा गठबन्धन मैदानमा उत्रेका छन् । लोसपासहित चार दलको सत्ता गठबन्धन र एमाले–जनता समाजवादी पार्टीलगायतको अर्को गठबन्धन चुनावी मैदानमा छन् । यसरी गठबन्धन बनाएर नै चुनावमा गएपछि विभिन्न दलबाट विद्रोही उम्मेदवारहरू पनि देखिएका छन् । टिकट नपाएकाहरू स्वतन्त्र उम्मेदवारी दिएर आफ्नै पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिस्पर्धा गर्ने तयारीमा छन् । यस्ता उम्मेदवारहरू सबै पार्टीमा देखिए पनि मधेसमा यो सङ्ख्या सबैभन्दा बढी