टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत विभागीय टोली नेपाल आर्मीले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जीत निकालेको हो । गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा द...

सम्बन्धित सामग्री

टाइगर कप भलिबलबाट आर्मी बाहिरियो, गण्डकी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइगर कप भलिबलबाट आर्मी बाहिरियो, गण्डकी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोश्रो टाइगर कप भलिबल : साविक विजेता नै पराजित

पोखरा । दोश्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगितामा मंगलबार पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित हुन पुगे । पुरुषतर्फ नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–२२, २५–१८ र २५–२० सेटमा हराएको हो । खेलमा पुलिसमा विशाल भट्टराई म्यान अफ दि म्याच र भीम गाहा उत्कृष्ट डिफेण्डर […] The post दोश्रो टाइगर कप भलिबल : साविक विजेता नै पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन

काठमाडौं । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ ले सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको …