तालबाराही मन्दिर पुनर्निर्माण थालियो

लेखनाथ : पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए।उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताए। विसं २०७२ को गोरखा भूकम्पकै कारण भुइँतलास

सम्बन्धित सामग्री

फेवातालको तालबाराही मन्दिर, भएन पुनर्निर्माणको काम सुरु

आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो । योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातìव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ ।

कहिले बन्छ तालबाराही मन्दिर ?

पोखरा घुम्न आउने सबैजसो पाहुना तालबाराही मन्दिर पुग्छन् । तालबाराही पुग्ने सबैको जिज्ञासा हुन्छ, मन्दिर कहिले बन्छ ? गएको चैत तेस्रो साता भत्काइएको तालबाराहीको पुनर्निर्माण अझै सुरु भएको छैन ।

तालबाराही मन्दिरको पुनर्निर्माण सुरु (तस्बिरसहित)

पोखरा – तालबाराही मन्दिर पुग्ने भक्तजनले अहिले मुख्य मन्दिरको अवशेष मात्रै देख्न पाउँछन्। भत्काइएको मूल मन्दिरको अवशेष रातो कपडाले छोपेर राखिएको छ। मन्दिर दर्शन गर्न आएका भक्तजन सहायक मन्दिरमा पूजाअर्चना गरेर फर्कन्छन्। प्यागोडाशैलीमा बनेको तालबाराहीको पूरानो मन्दिरलाई भत्काएर २ साताअगाडि नयाँ मन्दिर बनाउन शिलन्यास गरिएको छ। तर, ठेक्का पक्रिया अझै पूरा भएको छैन। आस्थाको धरोहरको […]

तालबाराही मन्दिर पुर्ननिर्माण गर्न राखियो जग

दुई पटकको भूकम्पले कमजोर बनेको फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनर्निर्माण शुरु गरिएको छ।...

तालबाराही मन्दिर पुनः निर्माण सुरु

फेवातालको बिचमा रहेको प्रसिद्ध ताल वाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्त्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ ।