राष्ट्र बैंकको तथ्याङ्कले देखेन वास्तविक बजार, घटेको हैन बढेको छ मूल्यवृद्धि
गत वर्ष ६ दशमलव १५ प्रतिशत मुद्रास्फ्रिति रहेको थियो । तर, बजारमा भएको मूल्य वृद्धिले भने मुद्रास्फ्रितिको आकार झनै बढेको देखाउँछ । यसरी राष्ट्र बैंकको तथ्याङ्क र वास्तविकता भने मेल खाँदैन ।
काठमाडौं: चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनाको मूल्यवृद्धि ८ दशमलव २६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरी मूल्यवृद्धिको जानकारी दिएको हो। अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि झण्डै दोब्बरले बढेको हो।आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ३५ प्रतिशत रहेको थियो । २०७८ साउनको तुलनामा २०७९ साउनमा घिउ तथा तेल १९ दशमलव ५८ प्रतिशत, फलफूल १८ दशमलव
टर्कीमा २४ वर्षयताकै धेरै महँगी भएको छ । टर्की सरकारको तथ्याङ्क विभागका अनुसार गएको जुन महिनामा मूल्यवृद्धि ७८ दशमलव ६२ प्रतिशत पुगेको छ । यो २४ वर्षयताकै उच्च मूल्यवृद्धि हो ।
सन् १९९८ मा टर्कीमा ८० प्रतिशत मूल्यवृद्धि भएको थियो । गएको जुन महिनामा वस्तु हेरेर शून्य दशमलव आठ प्रतिशतदेखि १६ दशमलव ५१ प्रतिशतसम्म भाउ बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको मे महिनामा टर्कीका अर्थ मन्त्री नरेद्दिन नेबातीले महँगी अब घट्ने बताए पनि त्यति बेला ७३ प्रतिशत रहेको मूल्यवृद्धि ७८ प्रतिशतभन्दा माथि पुगेको छ ।
टर्कीमा खाद्यान्न...
पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ ।पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार मूल्यवृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताए ।उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए । गत २६ मे मा १४४.१५ पाकिस्तानी रुपैयाँ रहेक
वैशाख महिनामा करिब ८ प्रतिशतले मूल्यवृद्धि दर बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाख महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ।...
काठमाण्डाै – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो ।
चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा घ्यु/तेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य सात दशमलव १३ प्रतिशत बढेको छ ।
यस्तै साउनदेखि वैशाखसम्म नेपालको वैदे...
काठमाडौं, मंसिर ५ । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले […]
चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि भएको छ ।बाढीपहिरोले उत्पादन कम भएको र लागत मूल्य बढेको भन्दै व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । पछिल्लो दुई सातामा बजारमा दाल, चामल, चिनी, खाने तेल, पिठोसँगै हरियो तरकारीको मूल्य बढेको छ ।चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा दुई सातादेखि मूल्यवृद्धि भएको […]
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा चार वस्तुमा उच्च मूल्यवृद्धि भएको बताएको छ। राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चार वटा वस्तुमा उच्च मूल्य वृद्धि भएको बताएको छ। तथ्यांकअनुसार घ्यू तथा तेलमा २८, मासु तथा माछा १७, गैरमदिराजन्य पेय पदार्थमा ९ र सुर्तीजन्य वस्तुमा ९ प्रतिशतले मूल्य बढेको बताइएको छ।
काठमाडौं। खाने तेल र घ्यूँको मूल्य २१.३८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनयता चैतसम्म उक्त प्रतिशत मूल्यवृद्धि भएको बताएको छ। यस अवधिमा माछा/मासुमा १२.६१ प्रतिशत, सुर्तिजन्य वस्तुमा १०.४१ प्रतिशत र सफ्ट पेयपदार्थको मूल्य १०.१८ प्रतिशतले बढेको छ। यो गत आर्थिक वर्ष २०७६/७७ को साउन/चैत अवधिको तुलनामा हो।