नागरिकमा आशा र उत्साह जगाउनु कुनै पनि सरकारको सबैभन्दा महìवपूर्ण काम हो । जनता नै राष्ट्रका सबैभन्दा अमूल्य साधन हुन् । आशा र उत्साहले स्वयं नागरिकको अपेक्षा पूरा गर्ने मार्ग प्रशस्त हुन्छ । राज्य सञ्चालनको वैधता पुष्टि गर्न र समृद्धिको यात्रा तय गर्न नागरिक आशाले ऊर्जाको आधार दिने गर्छ । सन् साठीको दशकमा अभाव र अस्थिरतामा रुमलिएको सिङ्गापुरका जनतामा राष्ट्रपति लीले आशा जगाएका थिए । त्यसैको जगमा सिङ्गापुर आजको अवस्थामा आपुगेको छ । कोरियाली युद्धको परिणामपछि विभाजित दक्षिण कोरियाली जनतामा व्याप्त निराशालाई राष्ट्रपति पार्कले यही दशकमा आशामा परिणत गरेका थिए । अमेरिकामाथि कसले प्रभुत्व कायम गर्ने भन्नेमा युरोपीयनहरू अमेरिकी भूमिमै युद्ध गर्थे । तत्कालीन तेह्र राज्यका तर्फबाट थोमस जेफर्सन, बेञ्जामिन फ्रेङ्कलिन, जोहन आदम्सको समूहबाट १७७६ को जुलाईमा ‘जीवन, स्वतन्त्रता र खुसी’ को घोषणा गरियो । इतिहासको कालखण्डमा विपत्ति, पीडा र शोषण सहेका अमेरिकीहरूको यस घोषणामार्फत ‘संयुक्त राज्य’ को साझा शक्ति बन्यो । उदाहरणमा लिइएका यी मुलुकहरूले इतिहासको कालखण्डमा भोगिएको पीडा र अभावविरुद्धमा अदम्य साहस देखाए, जुन आशाको जगमा अहिले पनि समृद्धिको अनवरत उत्साहमा छन् । नागरिकलाई त्यहाँको राज्य प्रणालीप्रति औधी गर्व