११ देशमा आयोजना हुँदै ‘साकुरा नाईट’

अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न सहरमा ‘साकुरा नाईट सिजन ५’ आयोजना गर्ने जनाएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो ।काली प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारको प्रस्तुति रहने कार्यक्रम क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थ लगायतका सहरमा कम्तीमा ७ शोको तयारी

सम्बन्धित सामग्री

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ शुक्रबारदेखि

६ मंसिर, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच हुने संयुक्त अभ्यास ‘सूर्यकिरण’ भारतको पिथौरागढमा शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभ्यासकाो १७ औं शृंखला २४ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सञ्चालन हुने भएको हो । सन् २०११ देखि नेपाल र भारतीय सेनाबीच हरेक वर्ष एकअर्को देशमा आलोपालो यो सैन्य अभ्यास आयोजना हुँदै […]

सौराहामा १७औं फुड फेष्टिवलको तयारी

चितवन । सौराहामा १७औं ‘सौराहा फुड फेष्टिवल’को तयारी शुरू भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) सौराहाले प्रणय दिवसको अवसरमा हरेक वर्ष फुड फेष्टिवल आयोजना गर्दै आएको छ । फेष्टिवल माघ २९ देखि फागुन २ गतेसम्म  हुनेछ । फेष्टिवल भव्य बनाउन आयोजक रेबान सौराहाले तयारी तीव्र पारेको छ । फेष्टिवल सञ्चालनका लागि मंगलवार जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति पनि लिइसकेको छ । जिल्ला प्रशासन कार्यालयको हालै कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गर्दै रेबान सौराहाका व्यवसायीले फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको फेष्टिवलका संयोजक ध्रुव गिरीले बताए । व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी पौडेललाई फेष्टिवलको महत्त्व बुझाउँदै चितवनको पर्यटन विकासमा पर्ने प्रभावबारे पनि जानकारी गराए । रेबानका अध्यक्ष नरेश गिरीको नेतृत्वमा फेष्टिवलका संयोजक ध्रुव गिरी, रेबानका पूर्वअध्यक्षहरू सुवासचन्द्र गौतम, राजन भट्ट, गोकर्ण गिरी, उपाध्यक्ष कपिल पोखरेल, महासचिव सूर्यबहादुर रिमाल, सदस्य कुमार जोशीलगायत व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेरै फेष्टिवलमा सुरक्षा व्यवस्थापनका लागि आग्रह गरेका हुन् । फेष्टिवल नजिकिँदै गर्दा व्यवसायीले सौराहालाई सजाउन थालेका छन् । प्रणय दिवस मनाउन चाहने विवाहित तथा प्रेममा बाँधिएका जोडीलाई उपयुक्त वातावरण बनाउँदै पर्यटन विकास गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको रेबानका अध्यक्ष गिरीको भनाइ छ । ‘सडकमै खाऔं र सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना हुँदै आएको फेष्टिवलमा हात्तीचोकदेखि गैंडाचोक हुँदै बगरसम्म र मल्लुचोकबाट गैंडाचोकसम्मको क्षेत्रमा पर्यटकलाई सडकमा रमाउन सक्नेगरी तयारी गरिएको गिरीले बताए । फेष्टिवलले सौराहाको पर्यटन विकाससँगै यहाँका मौलिक संस्कृति र परम्परागत खानाको समेत प्रवर्द्धन गर्ने रेबानका महासचिव सूर्यबहादुर रिमालले बताए । पछिल्लो समय देशमा आर्थिक गतिविधि सुस्त भइरहेका बेला फुड फेष्टिवलले चितवनको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले आशा गरेका छन् ।

नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकामा हुने

काठमाडौं । यस अघि विभिन्न देशमा आयोजना हुँदै आएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को ‘११ औं नेफ्टा फिल्म अवार्ड–२०८०’ अमेरिकामा आयोजना हुने भएको छ । प्राविधिक संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ११औँ संस्करणको यो अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने जनाएको छ । अमेरिकामै अवार्ड आयोजना गर्नुको कारण’bout संघका अध्यष पुष्कर लामाले विज्ञप्ति मार्फत भनेका […] The post नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकामा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....