वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरमा शनिवार आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन, बडिकेदार, बडिमालिकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि सरकार गम्भीर भएर लागेको बताए ।
‘सुदूरपश्चिममा असंख्य धार्मिक तथा पर्यटकीय क्षेत्र छन्...