गत सोमबार राति सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरका कोरोना संक्रमित ७१ वर्षीय वृद्धको मृत्यु भयो । होम आइसोलेसनमै मृत्यु भएका उनको शव व्यवस्थापनका लागि आफन्तले प्रहरी र सेनालाई खबर गरे । सेनाको शव व्यवस्थापन टोलीले समन्वयका लागि ‘आरएनए–१६’ का संयोजक अरुण सैंजूलाई अनुरोध गरे ।