कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले शनिबार काठमाडौँमा गरेको ‘अन्तर्क्रिया कार्यक्रम’मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेश कोशीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने बताए। हरेक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ ।