फालिएका कुँडाकर्कट बटुलेर मिल्किएका धातुहरू गालेर पत्थर खोपेर अलिकति आफैलाई खारेर अलिकति आफैलाई झारेर उसले मूर्ति बनायो उसैको कलाकौशलले अनि उसैको मिहिनेतले सुन्दर मूर्ति बन्यो निर्जीव मूर्तिको उसलाई माया लागेर आयो मन्दिरभित्र लगेर प्राण प्रतिष्ठा गरिदियो मूर्तिको महिमा गान गाइदियो देश दुनियाँलाई चिनाइदियो मन्दिरमा भक्तजनको घुइँचो लाग्न थाल्यो मूर्तिको पूजा हुन थाल्यो हुलका हुल आएर […]