सिमकोट- कर्णाली करिडोरको हुम्लाखण्डअन्तर्गत स्याल्तडीदेखि लालीबगरसम्मको कडा चट्टानी भीर छिचोल्ने कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ। सो खण्डको सडक निर्माणको काम गर्दै आएका कामदार जुन शाहीका अनुसार बिहान छ बजेबाट बेलुका सात बजेसम्म कामदारहरू काममा खटिँदै आएका छन्। विष्फोटका लागि मेसिनबाट होल खोप्ने, विष्फोट भएर छरपष्ट भएका ढुंगा पन्छाउनेदेखि ग्याबिन भर्ने कार्य एक साथ भइरहेको […]