मकवानपुरको बकैया गाउँपालिका अब बालमैत्री

निशा गुरुङ- हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहीवार मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेको हो। पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाइ दिँदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह…

सम्बन्धित सामग्री

मर्स्याङ्दी गाउँपालिकालाई चार वर्षमा बालमैत्री गाउँपालिका घोषणा गर्ने

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आउँदो चार वर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सामाजिक विकास कार्यालय लमजुङले गाउँपालिकामा आयोजना गरेको एक कार्यक्रममा बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको हो। उक्त कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले २०८३ पुस सम्म […]

गुराँस गाउँपालिका-८ बालमैत्री वडा घोषणा

काठमाडौँ,१ पुष । कर्णाली प्रदेश राजधानी सुर्खेतसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाको वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमबीच वडालाई बालश्रम मुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री वडा घोषणासँगै गुराँस गाउँपालिका वडा नं ८ दैलेख जिल्लाको तेस्रो र गुराँस […]

दैलेखकाे गुराँस गाउँपालिका ८ बालमैत्री वडा घोषणा

दैलेख – दैलेखकाे गुराँस गाउँपालिकाको ८ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले आज बिहीवार एक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गर्नुभएकाे हाे ।  गुराँस गाउँपालिकामा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको यो दाेस्राे वडा हो । यसअघि गुराँस गाउँपालिकाको ६ नं वडालाई २०७५ पुस १६ गते बालमैत्री वडा घोषणा गरिएको थियो । जिल्लाभरमा यो तेस्रो बालमैत्री वडा बनेको छ । सरकारले त...

मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी

१५ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिएको छ । मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, […]

खिल्ली उडाउँदै बालमैत्री गाउँपालिका, पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा

हेटौँडाः २०७६ पुस २८ गते तामझामसाथ नेपालको पहिलो ‘बालमैत्री स्थानीय शासन अवलम्बन’ गरेको मकवानपुरको मनहरि गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाका सयौं बालबालिका जोखिमपूर्ण श्रम गरिरहेको पाइएको छ। यसले ती पालिकाहरुले बालमैत्री शासनको खिल्ली उडाएको र घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पस्ट भएको छ। सिविन बाल हेल्पलाइन…

गढी गाउँपालिका बालमैत्री घोषित

हेटौँडाः मकवानपुरको गढी गाउँपालिका नेपालको चौथो र मकवानपुर जिल्लाको तेस्रो बालमैत्री घोषणा भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार गढी गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने नेपालको चौथो बालमैत्री गाउँपालिका भएको घोषणा गरे। यसअघि मकवानपुरकै मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका र मकवानपुरकै बकैया गाउँपालिका दास्रो…

मकवानपुरगढी ‘बालमैत्री गाउँपालिका’ घोषणा

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

देशकै पहिलो बालमैत्री गाउँपालिकामा बाल सहजकर्ता नै आन्दोलनमा उत्रिए

नेपालकै पहिलो बालमैत्री गाउँपालिका मनहरीले प्रत्येक वडामा खटिएका बाल सहजकर्ताहरूलाई हटाएपछि आन्दोलन चर्किएको छ ।

बालमैत्री वडाध्यक्ष तिलाचन्द्र

जुम्ला सिँजा गाउँपालिका ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाइँ उमेरले ५२ वर्ष पुगे। उनी उमेरले बुढेसकालमा प्रवेश गरेपनि उनका क्रियाकलाप बालमैत्री छन्। हुन त वडाध्यक्ष वडास्तरीय बाल अधिकार समितिको अध्यक्ष हुने भएकोले होला। उनी बालबालिकाको अधिकारका पक्षमा निकै ...

बगनासकाली गाउँपालिका बालमैत्री घोषणा

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमबीच घोषणा गरिएको हो।कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकास्तरीय बाल सञ्जालकी संयोजक इन्दु गाहाले पानसमा बत्ती बालेर बालमैत्री गाउँपालिका घोषणा गरेकी हुन्।गाउँपालिका बालमैत्री बनेपछि आफूहरूलाई जागरुप र उत्साहित बनाएको गाहाले बताइन्। आजको दिन यहाँका बालालिकाले ऐतिहासिक सफलता हात पारेको दिनको रुपमा रहने छ। आफूहरूलाई निर्धक्क भइ अगाडि बढेर हक अधिकार खोज्ने बाटो खुलेको उनले बताइन्। ‘बालबालिकाको भविष्