सहारा विकास बैंकलाई गाभेपछि गरिमा विकास बैंक Garima Bikas Bank Limited को एकिकृत कारोबार सुरु भएको छ । सर्लाहीको मलंगवा केन्द्रीय कार्यालय भएको सहारा विकास बैंकलाई गरिमाले गाभेको थियो ।सहारालाई प्राप्ति गरे पश्चात गरिमा विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ पुगेको छ । प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय भएका छन् ।आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ कार्यक्रमको प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले उद्घाटन गरे । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे भने संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।साविक सहारा विकास बैँकका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेको बताए ।