नाबालिगमाथि बलात्कार प्रकरणमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । पलसँगै पक्राउ परेका म्यानेजर कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीलाई भने एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।जोशीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरको मतियारको कार्य गरेको अभियोग पत्रमा आरोप लगाइएको थियो । मतियार भनेको कुनै पनि घटना वारदातसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न