काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताबाट निर्वाचित, अनुमोदित प्रतिनिधि रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो,’ देउवाले भने,‘जनताप्रति उत्तरदायी शासन […]