इलाम – चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ। आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ। किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ। बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन्। पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन्। जिल्लाका अधिकांश किसान […]