बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे ३५ मतले अगाडि

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । मंसिर ४ गते भएको मतदान धाँधलीपूर्ण भएको भन्दै एमालेले पुनः मतदान माग गरेपनि मतगणना सुरु भएको बाजुरामा पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ५५७ मत प्राप्त गरेका छन् । सुरुवाती अग्रता ६ मतले गरेका पाण्डेले हाल […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा ।  बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुरामा प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

बाजुरा । बाजुरामा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे विजय भएका छन् । नेपाली काङ्ग्रेस सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य पाण्डे ३१ हजार ७ सय ८९ मतले विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण बहादुर थापा २६ हजार २ सय ४८ मत पाए। The post बाजुरामा प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

महेश कार्की बाजुरा । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार एवं स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय सहमहामन्त्रीसमेत रहेका पाण्डे निर्वाचित हुनुभएको हो । आइतबार बिहान आएको अन्तिम मत परिणाम अनुसार पाण्डेले ३१ […]

बाजुरामा कांग्रेसका बद्री पाण्डे २९५५ मतान्तरले अगाडि

बाजुरा । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राख्नु भएको छ । पाण्डेले १५ हजार ९ सय ८ मत पाउनु भएको छ। उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार ५ मत पाउनु भएको छ । उहाँहरुबीचको मतान्तर २ हजार ९ सय ५५ रहेको छ ।

बद्री पाण्डे मतान्तर बढाउँदै, कर्ण थापा पछ्याउँदै

बाजुरा – प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन् । एमालेका उम्मेदवार […]

बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका बद्री पाण्डे

बाजुरा : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका पाण्डेले १३ हजार ३६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ४३७ मत पाएका छन्। एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना…

बाजुरा र स्याङ्जा २ मा कांग्रेस उम्मेदवारको अग्रता कायम

१६ मंसिर, काठमाडौं । बाजुरा र स्याङ्जा क्षेत्र नं. २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ […]

बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि सुशासनविद्सम्म

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय […]