आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ ।यसक्रममा आज तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको ६९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि आज तीन समूहको सूचक बढेको छ । व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।निर्जीवन