नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन देशका बुद्धिजीवीहरुलाई आग्रह गर्नुभएको छ । एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उहाँले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा जनताको सेवाका लागि समर्पित हुन आह्वान गर्नुभयो । पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र …