विज्ञान र प्रविधिले विश्व एक बनायो तर विश्व राजनीतिमा नयाँ–नयाँ जटिलता थपिएका छन् । अर्थ–राजनीतिमा वैश्विक असर पार्ने जी–२० सम्मेलन सेप्टेम्बर ९ देखि सुरु भएको छ । चन्द्रयान–३ को सफल अन्तरिक्ष यात्राले हौसिएको भारतको दिल्लीमै विश्वका धनी २० देशभन्दा बढीको उपस्थितिको यो वैश्विक बहसले संसारकै अर्थचक्रमा असर पार्नेछ र त सबैतिर यसबारे चर्चा चुलिएको छ […]