साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिनुभएकी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुपदार्थ प्रयाेग नगरेको पुष्टि भएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उहाँ रक्सी खाएर रमाएकाे देख्न सकिन्थ्याे । त्याे भिडियाेलाई लिएर उहाँले लागुपदार्थ पनि प्रयाेग गरेकाे हुन सक्ने आराेप लागेपछि सोमवार उहाँले गराउनुभएको प्रयोगशाला परीक्षणबाट लागुपदार्थ प्रयाेग नगरेको पुष्टि भएको हो ।
प्रधानमन्त्री मरिनको पिसाबको नमुनाम...