खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार पढ्न मन भएका बुहारीको तथ्यांक संकलनको लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । वडा कार्यालयसँगको समन्वयमा मंसिर मसान्तभित्र पढ्न इच्छुक बुहारीको तथ्यांक संकलन गरेर ल्याउन...