काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत समूहलाई राजनीतिको मूलधारमा ल्याएर सबैलाई चक्मा दिएका थिए । पश्चिमा शक्तिहरुसँग नजिक रहेका राउतले राष्ट्रिय अखण्डतामाथि धावा बोलिरहेका बेला गृहमन्त्री रामबहादुर थापालाई प्रयोग गरी ओलीले दुई वर्ष अघि राउत समूहलाई राष्ट्रिय अखण्डता र स्वाधिनता तथा यही संविधान अन्तर्गत दल दर्ता गरेर राजनीति गर्न सहमति गराएका थिए ।