नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता माधवकुमार नेपालले हचुवाका भरमा ल्याइएका योजना कार्यान्वयन हुन नसक्ने पुष्टि भइसकेको बताउँदै वर्तमान नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुहुँदै पूर्वप्रधानमन्त्री नेपालले जनशक्ति पलायनको समस्या, आर्थिक तरलता, उच्च ब्याजदर, जमिन बाँझो, खाद्य अवस्था सङ्कटलगायतको समस्या …