काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले चिनियाँ राजदूतको अभिव्यक्तिमा चिन्ता गर्नुपर्ने विषय नभएको बताएका छन् । ‘हरेक मुलुकको आफ्नै अस्तित्व, स्वाधीनता र सार्वभौमिकता हुन्छ । आन्तरिक मामिलाका विषयमा टिकाटिप्पणी गर्नुहुँदैन भन्ने कूटनीतिक मान्यता हो । त्यस अनुकूल वा प्रतिकूल के भएको छ, परराष्ट्र मन्त्रालयले समीक्षा गरिरहेकै छ । […]