काठमाण्डाै – ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालकाे साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हाे । गाडीमा भेटिएकाे याे रकमसहित उनकाे साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएकाे छ । यसअघि आयाेगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे थियाे । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहे...