सशस्त्र प्रहरीको गोली लागी मृत्यु भएका नवलपरासीका अभिनाश राजभरलाई शहिद घोषणा गर्न र दोषीलाई कारबाही गर्न स्वतन्त्र राजनितिक समूहले माग गरेको छ ।बुधबार विहान साढे ९ बजे सुस्ता गाउँपालिका ५ बनकट्टी सीमा स्थित नथुई नाकामा स्थानीय र शसस्त्र प्रहरीबीच भएको झडपका क्रममा उनको मृत्यु भएको थियो ।समूहले जारी गरेको विज्ञप्तिमा राजभरलाई तत्काल शहिद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन र घटनाको छानबिन गर्न गठित समितिले घटनाको सत्यतथ्य छानबिन गरि दोषिहरुलाई कडा भन्दा कडा कार्वा