आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका अधिकांश पालिकाहरुको उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याएको छ । जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये एमालेले ९ वटा पालिकासहित १०२ वटै वडाको उम्मेदवारको सिफारिस प्रक्रिया टुङ्ग्याएको हो ।एमालेले बागमती, बकैया, मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदी, कैलाश र राक्सिराङ गाउँपालिकाको उम्मेदवार सिफारिस सकिएको जनाएको छ । सँगसँगै हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिस पनि सकिएको छ । एमाल