मौद्रिक नीति: सन् २०२३ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले विस्तार हुने अनुमान

काठमाडौं,७ साउन । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२३ मा विश्वको अर्थतन्त्र २.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति अनुसार अन्तराष्ट्रिय मुद्रा कोषले उक्त प्रक्षेपण गरेको जनाएको छ ।आज विहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो । […]

सम्बन्धित सामग्री

विश्व बैंकले घटायो भारतको वृद्धि प्रक्षेपण

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०२३/२४ भारतको अर्थतन्त्र ६ दशमलव ३ प्रतिशतले बढ्नेछ । यो अनुमान यसअघिको भन्दा शून्य दशमलव ३ प्रतिशत अंक कम हो । उच्च महँगी अनि बढ्दो कर्जा लागतका कारण निजी खपत सीमित बनेको भन्दै बैंकले भारतको वृद्धि प्रक्षेपण घटाएको हो । विकसित अर्थतन्त्रको कसिलो मौद्रिक नीति, चीनको कमजोर आर्थिक वृद्धिदर र युक्रेनमा रुसको आक्रमणको उल्लेख्य नकारात्मक प्रभावलाई भारतले सहन गरेको हो । यो वर्षको अहिलेसम्मको अवधिमा यी झट्काको प्रभाव उत्कर्षमा पुगेर कम हुँदै गएको छ । क्षेत्रीय आर्थिक अवस्था पनि सुध्रिएको छ । सन् २०२२ को उत्तरार्द्धदेखि नै व्यापार घाटा पनि कम हुँदै गएको छ । तर, यी यावत कुराहरू भइरहँदा पनि आर्थिक वृद्धिदर भने निरन्तर सुस्त नै रहने विश्व बैंकको भनाइ छ । उच्च स्तरमा रहेको महँगीका कारण निजी खपत घटेको अनि  फिस्कल कन्सोलिडेशनले सरकारी खर्च प्रभावित हुने अनुमानका कारण वृद्धि प्रक्षेपण घटाइएको हो ।  बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको भएपनि विश्वको प्रक्षेपण बढाएको छ । अमेरिका समेतका अन्य प्रमुख अर्थतन्त्रहरू अघिल्लो प्रक्षेपणभन्दा उत्थानशील रहेकोतर्फ औंल्याउँदै बैंकले विश्वव्यापी वृद्धि प्रक्षेपण भने बढाएको छ । वित्तीय जोखिम विश्व अर्थतन्त्रमा कालो बादलको रूपमा रहेको भए पनि बैंकले सन् २०२३ को विश्वव्यापी वृद्धि प्रक्षेपण शून्य दशमलव ४ प्रतिशतले बढाएको छ । बैंकका अनुसार यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव १ प्रतिशतले बढ्ने बैंकले आफ्नो पछिल्लो प्रतिवेदनमा बताएको छ । यसअघि जनवरीमा गरिएको प्रक्षेपणमा यो दर १ दशमलव ७ प्रतिशत मात्रै हुने भनिएको थियो । यद्यपि, वृद्धिको यो दर अघिल्लो वर्षको भन्दा कम हुनेछ । सन् २०२२ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतले बढेको थियो । विश्वभर ब्याजदर उच्च रहँदा उदीयमान बजार र विकसित अर्थतन्त्रमा वित्तीय दबाबको जोखिम चर्किएको बैंकले प्रतिवेदनमा भनेको छ । सन् २०२५ मा विश्वको आर्थिक वृद्धिदर सुध्रिएर ३ प्रतिशतमा उक्लिने बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक मन्दीको संघारमा रहँदा विश्वको जीडीपी सुस्ताइरहेको जनवरीमा बैंकले चेतावनी दिएका थियो । तर, त्यसयता अमेरिकामा श्रम बजार मजबुत बन्यो भने खपत पनि अपेक्षा गरेभन्दा धेरै नै भयो । चीनको अर्थतन्त्र पनि कोभिडका कारण लगाइएको लकडाउनको प्रभावबाट छिट्टै उब्रियो । एजेन्सी