स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै मोरङमा संघीय संसदको निर्वाचनका सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । आगामी मंसिर आसपास आमनिर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सरकारले मिति घोषणा भने गरेको छैन । मोरङमा गत स्थानीय निर्वाचनमा अधिकांश पालिकामा गठबन्धन भएन । गठबन्धन भएका केही पालिकामा पनि सफल देखिएन । जसको फाइदा नेकपा एमालेले लिएको छ । गठबन्धन गर्ने विषयमा चार दलबीच निकै माथापच्ची भएको थियो । त्यसको मुख्य फ्याक्टर काँग्रेस नेता शेखर कोइराला बनेका थिए ।काँग्रेसको संस्थापन पक्षले गठबन्धन गर्ने