नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् । शुक्रबारदेखि काठमाण्डौंमा शुरु हुने महाधिवेशनमा गण्डकीका विभिन्न जिल्लाबाट केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदमा आकांक्षी देखिएका हुन् । लामो समयदेखि केन्द्रीय राजनीतिमा रहेका तनहुँका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका दावेदार रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई सशक्त र मजबुत