आइपिएल क्रिकेट : गुजरातसँग लखनऊ ५६ रनले पराजित

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्सले लखनऊ सुपर जाएण्ट्समाथि ५६ रनको जित निकालेको छ।जितका लागि गुजरातले दिएको २२८ रनको लक्ष्य पछ्याएको लखनऊ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रनमा समेटिएपछि गुजरातले ५६ रनको जित निकालेको हो। लखनऊका लागि क्विन्टन डे ककले सर्वाधिक ७० रनको योगदान गरे। काइल मेयसले ४९, आयुष बडोनीले २१ र दिपक हुड्डाले ११ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। लखनऊलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ मोहित शर्माले सर्वाधिक ४

सम्बन्धित सामग्री

आइपिएल खेल्न सक्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धन भएको फ्रेन्चाइज टि२० क्रिकेट लिग हो । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । जहाँ खेलाडीले नाम र दाम दुबै कमाउँछन् । आइपिएल विश्व क्रिकेटको त्यस्तो प्रतियोगिता हो । जसबाट खेलाडी एकै रातमा रोडबाट करोडमा पुग्न सक्छन् । तर कमैले मात्रै […]

आइपिएल अक्सनमा नेपाली खेलाडी परेनन्

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् । पछिल्ला दुई आइपिएल संस्करणमा नेपालका केहि खेलाडीले नाम दर्ता गराएपनि सर्ट […]

जसले एक खेल नखेली लगातार दुई आइपिएल जिते

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना हुन्छ । आइपिएलमा पाउने नाम र दामले गर्दा खेलाडीहरु आइपिएल खेल्न चाहन्छन् । धेरै खेलाडीहरुको सपना आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई च्याम्पियन बनाउने हुन्छ । जुन सपना कमैले मात्र पूरा गर्न पाउँछन् । वेस्टइन्डिजका […]

आइपिएल अक्सनमा बिकेनन् सन्दीप

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आइपिएल २०२२ को अक्सनको पहिलो दिन कुनै पनि टिमको छनौटमा परेनन्। दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आए पनि उनलाई लिन कुनै पनि टिमले चासो देखाएनन्। शनिबार नबिकेका खेलाडीलाई आइतबार टिमहरुले न्यूनतम मूल्यमा लिन सक्नेछन्। नेपालका तर्फबाट  सन्दीप एकजनामात्र अन्तिम अक्सनमा समावेश भएका थिए। सुरुमा नेपालका […]

आइपिएल अक्सनमा १५ नेपाली खेलाडीको नाम

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कप्तान सन्दीप लामिछानेदेखि शरद भेषवाकरसम्मले नाम दर्ता गराएका छन्...

अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका […]

‘भारतमा आइपिएल हुने अवस्था छैन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुलीले देश कोरोना भाइरसको महामारीमा संघर्ष गरिरहँदा स्थगित इन्डियन प्रिमियर लिग (आइपिएल) भारतमा हुन नसक्ने बताएका छन्।...

‘आइपिएल आयोजना गर्नु गल्ती होइन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का प्रमुख सौरभ गांगुलीले महामारीको समयमा इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्ने निर्णयप्रति बचाउ गर्दै कुनै गल्ती नभएको बताएका छन्।...

कोरोना महामारीले आइपिएल स्थगित

काठमाडाैं : भारतमा जारी १४ औँ सिजनको इण्डियन प्रिमियर लिग आइपिएल स्थगित भएको छ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मंगलबार अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो। खेलाडीहरु तथा टिम स्टाफहरूमा कोरोना संक्रमण देखिन थालेपछि बिसिसिआईले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो ।हालै काेलकाता नाइट राइडर्सका २ तथा  सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सका एक–एकखेलाडीमा कोरोना देखिएको थियो। कोलकाताका स्पिनर वरुण चक्रवर्ती, अलराउन्डर सन्दीप वारियर, हैदरावादका वि

कोरोनाका कारण आइपिएल-२०२१ स्थगित

कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो।