काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको फोहोरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याए । काँग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले भने, ‘काठमाडौँको फोहोर व्यवस्थापनमा सहरी विकास […]