काठमाडौँ – सभामुख अग्नीप्रसाद सापकोटाले नेपालजस्तो उर्बर भूमिमा खर्बौँ रुपैयाँको खाद्यान्न आयात हुनु दुःखद् भएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘राष्ट्रमा जीपीएस समृद्ध अभियान’को शुभारम्भ गर्दै सभामुख सापकोटाले फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताएका हुन्। खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा आफू अचम्मित भएको सभामुख […]