तटबन्धन बनाउन माग

तनहुँ । मादीसेती नदी किनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ । नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ । सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीवासीको माग रहेको छ । बस्ती जोगाउन नदीमा तटबन्धन गर्न अति आवश्यक देखिएकाले नगरपालिकालाई आग्रह गरिएको स्थानीय नमस्ते देउराली युथ क्लबका अध्यक्ष तिलबहादुर थापाले […]

सम्बन्धित सामग्री

बस्ती जोखिममा परेपछि तटबन्धन बनाउन माग

मादीसेती नदी किनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ। नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ। सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीयवासीको माग छ। बस्ती जोगाउन...

महाकाली नदीमा तटबन्ध बनाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : नेकपा (मसाल)

काठमाडौँ । नेकपा (मसाल) ले भारतले महाकाली नदीमा एकतर्फी रूपमा तटबन्ध बनाउनुलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बनाएको छ । दार्चुला जिल्लाको महाकाली–५ गल्फै भौरादगढमा भारतले एकतर्फी रूपमा तटबन्ध बनाउन थालेपछि नेकपा (मसाल) को यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ पुस २३ गते जारी प्रेसवक्तव्यमा यस्तो जानकारी गराइएको हो । पार्टीद्वारा यससम्बन्धमा नेपाल सरकारको तर्फबाट प्रभावशाली कदम उठाउन माग गरिएको छ । त्यसैगरी वक्तव्यमार्फत पार्टीले सरकारले हालै कृषिक्षेत्रमा वैज्ञानिक प्रविधि भित्राउने नाममा विदेशी लगानी भित्राउने निर्णय गरेकोमा त्यसको पनि विरोध गरेको छ । प्रविधि भित्राउने नाम दिइए पनि अन्ततः उक्त निर्णयबाट कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीको प्रवेश नै हुने पार्टीको धारणा छ । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “दार्चुला जिल्लाको महाकाली–५ गल्फै भौरादगढमा भारतले एकतर्फी रूपमा महाकाली नदीमा तटबन्ध बनाउने कार्य गरेर आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रूपमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै नेपालको सहमति बिना नै भारतले उक्त तटबन्धन बनाउनु त्यसले नेपालप्रति अपनाउँदै आएको साम्राज्यवादी प्रवृत्तिको सिलसिला भएको कुरा स्पष्ट छ । त्यो कार्यबाट भारतले नेपाल र भारतबिच पहिले आफूखुसी तटबन्ध बनाउन नपाइने भनी भएको सहमतिलाई उल्लङ्घन गर्न पुगेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार पनि सीमाक्षेत्रको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकतर्फी रूपमा भौतिक संरचना निर्माण गर्न मिल्दैन । त्यसरी नेपालको सहमति बिना नै भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्नु गैरकानुनी, आपत्तिजनक र नेपालको सार्वभौमिकताका विरुद्धमा छ । हामीले भारतीय साम्राज्यवादको उक्त कार्यको भत्र्सना र विरोध गर्दछौँ । भारत पक्षबाट भएको उक्त कार्यबारे प्रभावकारी कदम उठाएर समस्या समाधानका लागि तुरुन्त पहल गर्न हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ । हालै नेपाल सरकारले कृषिक्षेत्रमा वैज्ञानिक प्रविधि भित्राउने भनी गरेको निर्णय नेपालको कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई नै भित्राउने योजनाअन्तर्गत भएको कुरा प्रष्ट छ । सरोकारवालासित कुनै परामर्श नगरी गरिएको त्यो निर्णयानुसार वैज्ञानिक प्रविधि भित्राउने कुरा भएको भए पनि कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई नै स्थान प्राप्त हुने छ । त्यसरी त्यो निर्णय प्रविधि हस्तान्तरण ऐन–२०७५ अनुसार विदेशी ...

बर्खामा बाढीबाट गाउँ जोगाउन हिउँदमा तटबन्धको माग

भद्रपुर (झापा) : बाढी आउँदा घरभित्र पानी पस्छ, बस्न नत परै जाओस् भात पकाएर खान पनि सकिँदैन, बाढीबाट गाउँ र यहाँका जनतालाई जोगाउन तटबन्धन लगाउनुपर्ने हो। तर, जनप्रतिनिधि र नेताहरू शौचालय बनाउन आउथे, गाउँ नै नरहे शौचालय टाउकोमा लिएर हिड्नु? स्थानीय महिला कल्पना रसाईलीले यसरी पत्रकारसमक्ष आक्रोस पोखिन्। हु...