गर्मीमा डिहाइड्रेसन तथा लू लाग्ने समस्या धेरैले भोगिरहेका हुन्छन् ।
यस मौसममा खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ । पानीको मात्रा प्रशस्त भएको फल यस मौसममा खानुपर्छ ।
खरबुजा
खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ । यो स्वादिष्ट हुनुका साथै पोषक तत्त्वले भरपूर पनि हुन्छ । मुटुरोगबाट यसले जोगाउँछ र रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छ ।
आँप
आँपमा ८३ प्रतिशतसम्म पानी हुन्छ । आँपमा एन्टीअक्सिडेन्ट भरपूर हुन्छ र रोगप्रतिरोधक क्षमता पनि यसले बढाउँछ । यसले पाचन प्रणाली दुरुस्त राख्ने, कोलेस्ट्रोल घटाउने र आँखा स्वस्...