अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव मरासिनी

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी आज काममा फर्किएका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदासम्म अर्थ मन्त्रालय नआउने भन्दै मरासिनी बिदामा बसेका थिए । अर्थमन्त्री शर्माले राजीनामा दिएको भोलिपल्ट उनी अर्थ मन्त्रालय आएका हुन् । बजेट निर्माणको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करको दर हेरफेर गरेको भन्दै संसददेखि सबैतिर विरोध भएपछि हिजो जनार्दन शर्माले अर्थमन्त्रीबाट […]

सम्बन्धित सामग्री

अर्थसचिव फेरि बिदामा

अर्थमन्त्रीमा जनार्दन शर्मा नै नियुक्ति हुने भएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।जनार्दन शर्मा अर्थ मन्त्रीमा बहाल रहेसम्म अर्थमा नबस्ने भन्दै यसअघि पनि बिदामा बसेका सचिव मरासिनी जनार्दन शर्माले राजीनामा दिनु अघि पनि बिदामा बसेका थिए । तर, मरासिनी बिदाममा बसेकै दिन मन्त्री शर्माले राजीनामा दिएपछि उनी भोलिपल्ट असार २३ गतेदेखि नै काममा फर्किएका थिए ।पुनः अर्थमन्त्रीमा शर्मा नै फर्किने भएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।अर्थ सचिव बिदामा बसेपछि राजस्व सचिव कृष्णहरी पुस्करको नेतृत्वमा मन्त्रालयका कर्मचारीले मन्त्री शर्माको स्वागत गर्नेछन् ।