श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : बंगलादेश बाहिरियो

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो । जितसँगै समूह ‘बी’बाट श्रीलंका र अफगानिस्तान सुपर चारमा पुगेका छन् । बंगलादेश बाहिरिएको छ । दुबईमा बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका कुशल मेन्डीसले ६० रनको अर्धशतकीय पारी खेले । कप्तान डसुन सनकाले ४५ तथा पाथुम निशन्काले २० रन जोडे । बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए । त्...

सम्बन्धित सामग्री

यू–१९ क्रिकेटमा किन कमजोर ?

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सम्मिलित ८ देशलाई दुई समूहमा विभाजित गरिएको थियो । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र नेपाल, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान परेका थिए । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग नराम्रो हार व्यहोरेपछि नेपालका क्रिकेटप्रेमीमा निराशा छाएको छ ।

सुपर चारमा स्थान बनाउन बंगलादेश र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत बिहीबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा दुबै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन् । प्रतियोगितामा हालसम्म दुई टोलीले जित निकाल्न सकेका छैनन् । आजको खेलमा जित निकाल्ने टोली सुपर चारमा स्थान बनाउने छ ।प्रतियोगिताको समूह ‘बी’ बाट अफगानिस्तानले सुपर चारमा स्थान बनाइसकेको छ ।यस समूहको अन्तिम खेलमा जित निकाल्ने टोलीले सुपर चारमा स्थान बन

एसिया कप क्रिकेट यूएईमा हुने

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म)मै हुने एसीसीले जनाएको छ ।एसिया कपमा  साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन ।  यस्तै,  छनोट प्रतियोगिताबाट  १ राष्ट्र &n

एसिया कप क्रिकेट श्रीलंकामा हुने

काठमाडौं । एसीसी एसिया कप टी—२० क्रिकेट प्रतियोगिता श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठकले एसिया कप क्रिकेट अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी कूल ६ टिमको सहभागिता […]

एसिया कप क्रिकेट श्रीलंकामा हुने

काठमाडौं ।  एसीसी एसिया कप क्रिकेट श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)को शनिबार बसेको बैठकले प्रतियोगिता श्रीलंकामा गर्नै निर्णय गरेको हो । टी–ट्वान्टी फर्म्याटमा आयोजना हुने प्रतियोगितामा  टेस्ट राष्ट्र पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी ६ टिम सहभागी हुनेछन् ।  एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुनेछ । एसिया कपको छनोट प्रतियोगिता अगस्ट २० अगाडी हुने छ । यस्तै कतार क

टी–ट्वेण्टी एसिया कप क्रिकेट आउँदो अगस्टमा श्रीलंकामा हुने

काठमाण्डाै – एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गर्ने एसिया कप क्रिकेट श्रीलंकामा हुने भएको छ । आज बसेको एसीसीको वार्षिक साधारण सभाले एसियाकप टी–ट्वेण्टी क्रिकेट प्रतियोगिता आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सिधै खेल्न पाउनेछन् भने एउटा देशले छनौट चरण पार गरेर स्थान बनाउनेछ । यस्तै बैठकले एसीसीका अध्यक्ष जय साहको कार्यकाल सन् २०२४ सम्मको लागि थप गरेको छ । साह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसी...

एसीसी अण्डर नाइन्टिन क्रिकेट अन्तर्गत आज नेपाल र श्रीलंका खेल्दै

काठमाडौं । युएईमा जारी एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत दोश्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र खेल्ने श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजेदेखि शारजाँह रंगशालामा सुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा बंगलादेश विरूद्ध १५४ रनको फराकिलो […]

एसिया कप: बंगलादेशलाई सुरुमै झट्का, मालिंगाले लिए शकिब र दासको विकेट

एसिया कप क्रिकेट २०१८ को पहिलो खेलमा अहिले बंगलादेश र श्रीलंका खेलिरहेका छन् ।  बंगलादेशले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । तर बंगलादेशले खेलको सुरुवातमै आफ्ना दुई महत्वपूर्ण विकेट गुमाएको छ । श्रीलंकाका लागि पहिलो ओभर बलिङ गर्न आएका लसिथ मालिंगाले पाँचौ र छैटौँ बलमा लिटन दास र शकिब अल हसनको विकेट लिन सफ...

यू–१९ एसिया कपमा नेपाल र भारत एउटै समूहमा

मलेसियामा आगामी कात्तिक २३ देखि हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारत एउटै समूहमा परेका छन्। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह 'ए' मा परेको हो। नेपालकै समूहमा भारत, बंगलादेश र आयोजक मलेसिया छन्। यस्तै समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र…