शुक्रबार हुँदै गरेको स्थानीय तह निर्वाचनमा कपिलवस्तु र दाङमा दुईजना उम्मेदवारको मृत्यु भएपछि ती स्थानको निर्वाचन सरेको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा काँग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार र दाडको तुल्सीपुर उपमहानगरपालिकास्थित वडा नम्बर १७ मा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवारको मृत्यु भएपछि निर्वाचन जेठ ३ गतेका लागि सरेको हो । जसअनुसार बुधबार मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा मृतकका छोरा र बुहारी रहेका छन् । कपिलवस्तुमा नेपाल काँग्रेसबाट उपमेयरमा उम्मेदवारी दर्ता