पुष्प व्यवसायमा दैनिक १ करोडको क्षति

काठमाडौं । पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेपछि यस व्यवसायमा आबद्ध करीब २० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल जारी गरिएको निषेधाज्ञाका कारण समग्र पुष्प व्यवसाय ठप्प हुँदा यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेको हो । व्यवसाय नै ठप्प भएर कामदारलाई तलब दिन नसक्ने अवस्था सृजना भएपछि रोजगारी गुम्ने क्रम बढेको हो । निषेधाज्ञाका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेस, मन्दिर बन्द छन् भने भोजभतेरलगायत कार्यक्रमसमेत बन्द रहेका छन् । यसले गर्दा फूलको कारोबार पनि ठप्प भएको छ । वैशाख र जेठमा विवाह व्रतबन्धजस्ता कार्यक्रम बढी हुने भएकाले फूलको कारोबार पनि बढी हुने गर्थ्याे । तर, अहिले व्यवसायीका फार्म र नर्सरीमा फुलेका फूलले बजार पाएका छैनन् । फ्लोरी कल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार नेपालको पुष्प व्यवसायमा वार्षिक २ अर्ब ६० करोड रुपैयाँभन्दा धेरैको कारोबार हुने गर्छ । यही आधारमा हिसाब गर्ने हो भने हाल देशभरिको पुष्प व्यवसायमा दैनिक करीब १ करोड रुपैयाँ बराबरको क्षति भइरहेको उनको अनुमान छ । । ‘यो अनुमानित हो, वास्तविक क्षति अझै बढी हुन सक्छ । एशोसिएशनले चाँडै पूर्ण क्षतिको विवरण सकंलन गर्ने तयारी थालेको छ,’ उनले भने । फ्लोरी कल्चर एशोसिएशनको तथ्याङ्कअनुसार यस व्यवसायमा देशभरिमा ६ अर्बको लगानी रहेको छ । यो हाल ४३ जिल्लामा फैलिएको छ । यसबाट ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । नर्सरीहरूसँग सिजन अनुसारका मौसमी फूल र फार्महरूसँग एकवर्षे र बहुवर्षे फूलहरूको उत्पादन हुन्छ । तर, निषेधाज्ञाका कारण यी सबै फूल नष्ट भएको एशोसिएशनको भनाइ छ । फूल उत्पादक किसान विनोद श्रेष्ठ निषेधाज्ञाकै कारण काभ्रेस्थित आफ्नो फार्ममा जान सकेका छैनन् । ‘फार्ममा रहेका कामदारमध्ये कतिपयले काम छाडेर गइसकेका छन् । अब फुलेका फुलको त हामीलाई आशा छैन । माउ बिरुवासमेत जोगाउन गाह्रो भइरहेको छ,’ उनले भने । उत्पादन भएका सबै फूल खाल्डोमा गाडेर नष्ट गर्ने तथा कम्पोस्ट मल बनाउन थालिएको उनले बताए ।

सम्बन्धित सामग्री

अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति

गण्डकी– बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति ब्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।  ‘२२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो […]

अफ्रिकन स्वाइन फिभरले रित्तोयो बंगुर फार्म

२ मंसिर, कैलाली । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार […]

अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म

काठमाडौँ,२ मँसिर । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार बराबरको […]

बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो ।  सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा  लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए ।  मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिँदै थियो । गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस

वर्षाले उद्योग व्यवसायमा क्षति

दाङ– घोराहीमा शनिबार भएको भारी वर्षासँगै आएको बाढीका कारण उद्योग व्यवसायमा ३१ लाख ६२ हजार क्षति भएको छ ।उद्योग वाणिज्य संघ दाङले आइतबार १६ वटा उद्योग तथा पसलमा लिएको तथ्याङकमा ३१ लाख ६२ हजार सामग्री तथा महत्वपूर्ण कागज पत्रमा समेत क्षति पुगेको क्षति जनाएको छ ।संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले थप विवरण लिने काम जारी […]

कालोपत्रे भएको ७ वर्षसम्म मर्मत नहुँदा नेपालटार–मंगलबारे सडक क्षतिग्रस्त

१२ किलोमिटर सडकको बिच–बिचमा सयौं खाल्टाखुल्टी र पहिरोले क्षति पुगेको छ । सडक मर्मत नहुँदा सवारीसाधन गुडाउनै समस्या भएको मंगलबारे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मात्रिका घिमिरेले बताउनुहुन्छ । यसले पर्यटन व्यवसायमा ठूलो क्षति पुर्याएको उहाँको भनाइ छ ।

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं, भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो […]

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो । वर्षात् र बाढीले गर्दा देशभर केकति क्षति भयो भन्ने कुराको यकिन विवरण आउन समय लाग्ने भए पनि करीब ५ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको प्mलोरीकल्चर एशोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार काठमाडौंको वाग्मती र धोबीखोलामा सोमवार आएको बाढीका कारण किसानले फूलखेती गरेका टनेल र नर्सरी डुबानमा पर्दा २० लाख फूलका बिरुवा मरेका छन् । बाढीका कारण काठमाडौंमा मात्र करीब ४० लाख रुपैयाँ भन्दा बढीको क्षति हुन पुगेको छ । बाढीका कारण दशैं र तिहारका लागि भनेर लगाइएका धेरै फूलका बिरुवाहरू नष्ट भएका छन् । काभ्रेपलाञ्चोकमा वर्षात्का कारण २५ रोपनी जमीनमा लगाएको फूलखेतीमा असर पर्दा ५० हजार फूलका बिरुवा नष्ट भएका छन् । अहिलेसम्म काठमाडौंको मात्र क्षतिको पूर्ण विवरण आएको र बाँकी जिल्लाको पनि विवरण संकलन भइरहेको एशोसिएशनले जानकारी दिएको छ । ललितपुर र भक्तपुरमा पनि काठमाडौंकै अनुपातमा क्षति भएको हुन सक्ने बताइएको छ । कोरोना महामारीका कारण ठूलो नोक्सानी बेहोरिरहेका पुष्प व्यवसायी तथा किसानहरूलाई लगातारको वर्षात्पछि आएको बाढीले झनै मर्का पारेको एशोसिएशनको भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीको समयमा दैनिक १ करोड रुपैयाँको नोक्सानी बेहोरेका पुष्प व्यवसायको व्यापार हालसम्म पनि ३० प्रतिशतको हाराहारीमा मात्र चलेको श्रेष्ठ बताउँछन् । नेपालमा पुष्प व्यवसाय ४३ जिल्लामा पैििलएको छ । यो व्यवसायमा ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । एशोसिएशनको तथ्याङ्कअनुसार देशभरिमा ६ अर्बको लगानी भएको छ ।

न्युयोर्कमा भएको आगलागीमा नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायमा क्षति

न्युयोर्कको सन्नीसाइडमा बिहिबार भएको आगलागीमा सन्नीसाइडमा रहेको नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायहरुमा क्षति पुगेको छ । विहान ७ बजेर २० मिनेटमा आगलागी सुरु भएको जनाइएको छ । क्वीन्स ब्लुभर्ड र ४४ स्ट्रीटको कर्नरमा रहेको जापानिज ग्रोसरी स्टोर ताइवो फुड्सबाट आगलागी सुरु भएको थियो । आगलागी नियन्त्रणमा आउनुभन्दा अगाडि नै बाजेको सेकुवा लगायतका अन्य व्यवसायमा आगलागी […]