धानमा जस्तै पुष्प व्यवसायमा पनि वर्षाले क्षति : तिहारलाई लगाइएको फूल मंसिरमा मात्र फुल्ने भए !

रूपन्देहीको तिलोत्तमा डिंगरनगरस्थित क्षितिज नमूना कृषक समूहले गत वर्ष तिहारमा ३ लाख मूल्यका मखमली र सयपत्री फूल बिक्री गरेको थियो । तर, यस वर्ष समूहको फूलबारीमा ३० प्रतिशत समेत फूल फूलेका छैनन् । कात्तिके वर्षाले ३ बिगाहामा लगाएको फूल पानीमा डुब्यो । पानी बढी भएपछि फूलेका केही फूल पनि बोटमै कुहिएका छन् ।  समूहका अध्यक्ष नविना भण्डारीका अनुसार वर्षाका कारण असोज मसान्त र कात्तिक पहिलो हप्ता परेको फूललाई नराम्रोसँग क्षति पुर्‍याएको छ । ‘यस वर्ष साउनमा फूल रोप्ने बेलामा पनि पानी धेरै पर्‍यो,&rsqu...