१६ असार, काठमाडौं । प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ ।
आइतबार बसेको सभामा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।
यो …
काठमाडौं । प्रतिनिधि सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले तीनवटा विधेयकहरुलाई पारित गरेको हो । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ । यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ […]
काठमाडौं - प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी...
काठमाडौं । प्रतिनिधिसभाबाट दुईवटा विधेयक पारित भएका छन् ।
आजको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०७९ र राष्ट्र ऋण उठाउने विधेयक २०७९ बहुमतले पारित भएको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेटसम्बन्धी कार्यसूची पूरा गरेर प्रतिनिधि सभा बैठक बिहीवारसम्मको लागि स्थगित भएको छ ।
सोमवार बसेको बैठकमा सभामुख अग्नि सापकोटाले विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।
यस्तै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे जानकारी गराएका थिए । योसँगै अध्यादेश बजेट विस्थापित गर्न सरकारले ल्याएको प्रतिस्थापन बजेट पारित गर्ने संसदीय प्रक्रिया पूर...
काठमाण्डाै - राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ ।
आज बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ । अर्को बैठक आउँदो सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ। यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् ।
राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक...
सरकारले भदौ २५ गते संसदमा पेश गरेको पूरक बजेट प्रतिनिधि सभाबाट पारित भएको छ ।
विनियोजन विधेयक असोज ४ गते पारित भएकोमा बजेटका पूरक विधेयक बिहीवार पारित भएका हुन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।
प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट बजेट पारित भएको हो ।
यी विधेयक राष्ट्रिय सभाबाट...
काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।
न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकको भोलि बिहिबार बस्दैछ । बिहिबार बस्ने बैठकको सम्भावित कार्यसूची तयार भएको छ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ […]
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्।रोस्टममा मर्यादापालक र सांसदबीच घम्साघम्सी चलेको थियो। आर्थिक वर्ष २०७८(७९ को लागि प्रतिस्थापन विधेयक प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोध बीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्।