काठमाडौं : शहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र नेतृत्व शेरबहादुर देउवाले गर्ने दाबी गरेका छन्।बिहीबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै उनले यस्तो अबको पाँच वर्ष गठबन्धनकै सरकार रहने बताए। ‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँच दलीय गठबन्धनको नै सरकार बन्छ। सरकारको नेतृत्व र मन्त्रीहरु पनि सल्लाहमै टुंगो लगाउँछौँ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ।’ उनले भने