ईपीएल : पोखरा र भैरहवाको क्वालिफायर होड

चितवन टाइगर्सको पहिलो हार र काठमाडौं किंग्स इलेभेनमाथि पोखरा राइनोजको विजयसँगै बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर समीकरण रोचक बनेको छ । पहिलो ४ खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको चितवनलाई सोमबार भैरहवा ग्लाडियटर्सले ६ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित सामग्री

ईपीएलमा फाइनलको लागि भैरहवा र पोखरा भिड्दै

काठमाडौं, २१ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहीबार) दोस्रो क्वालिफायर अन्तरगत भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबिच खेल हुँदैछ । टियू क्रिकेट मैदानमा हुने भैरहवा र पोखराबीचको खेल १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली फाइनल पुग्ने लक्ष्य सहित मैदानमा उत्रिनेछन् । भैरहवाका कप्तान शरद भेष्वाकर रहेका छन् […]

ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायर...

ईपीएल क्रिकेट : भैरहवा क्वालिफायरमा, काठमाण्डौ बाहिरियो

काठमाण्डाै – इलिमिनेटरमा काठमाण्डौ किंग्स इलाभेनलाई १६ रनले हराउँदै भैरहवा ग्लाडियटर्स प्ले क्वालिफायरमा पुगेको छ । आज भैरहवाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको काठमाण्डौले ८ विकेट गुमाएर एक सय ७२ रन मात्रै बनायो । काठमाण्डौका लागि श्रीलंकाका खेलाडी असन प्रियञ्जनले ६८ रन बनाए । बलिङतर्फ भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २/२ विकेट लिए । आज विजयी भएको भैरहवाले फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग खेल्नेछ । हारसँगै काठमाण्डौ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ईपीएल : चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्  । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा  खेल्ने छन् ।  क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा रा...

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ईपीएल क्रिकेट : काठमाण्डाै र पाेखराबीचकाे खेल स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डाै किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण हिजो साेमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाण्डाै र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

ईपीएल : ओसिलो मैदानका कारण काठमाण्डौ र पोखराको खेल प्रभावित

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोजको खेल प्रभावित हुने भएको छ । ओसिलो मैदानमा कारण टस हुन सकेको छैन । खेल त्रिवि मैदान कीर्तिपुरमा अहिले सवा १२ बजे सुरु हुने भनिए पनि मैदान भिजेकाले ढिलाइ हुने सम्भावना छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो । पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिक...

ईपीएल : वर्षाले नतिजाविहीन बनेको पोखरा-भैरहवाबीचको खेल [फोटो फिचर]

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतवार भएको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल नतिजाविहीन भएको हो ।  पोखराले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।  यसअघि पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको थियो ।  यस्तो छ वर्षाले खेल रोकिनुअघिका तस्वीरः

वर्षाका कारण खेल रद्ध भएपछि पोखरा र भैरहवाले अंक बाँढे

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल वर्षाका कारण रद्ध भएको छ। पहिला ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन जोडेपछि वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र दुवै टोलीलाई एक एक अंक बाँढियो। प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स […]

वर्षाका कारण पोखरा र भैरहवा बीचको खेल रद्द

काठमाडौं, १० असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ ।१०औं ओभरको खेल चलिरहेको समयमा पानी परेपछि दुई टोली एक–एक अंक बाढ्न बाध्य भएका हुन् । टियु क्रिकेट मैदानमा भएको खेलमा भार वर्षा भएपछि खेल नतिजाविहीन भएको हो । वर्षाले खेल रोकिनु अघि […]