इन्द्रजात्रा, अनन्त चतुर्दशी

काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।शनिबार बिहान ६ ः ५७ बजेसम्म द्वादशी रहेकाले

सम्बन्धित सामग्री

लिक्मामा भोलि चतुर्दशी दसैँ मनाइने

तिथि अनुसार आश्विन शुक्ल चतुर्दशीका दिन दसैँ मनाइने भएपनि दिनगन्तीका हिसाबले बडा दसैँको चौथो दिन अर्थात् शनिवारका दिन चतुर्दशी दसैँ मनाइने भएको हो।...

आज बाला चतुर्दशी पर्व मनाइँदै

काठमाडौं । आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ । यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ । साेमबार त्रयोदशीका दिनदेखि तीर्थस्थलमा […]

आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्ने दिन

काठमाडौं : मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा मंगलबार बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ। यसअघि श्रद्धालु पितृका दीप बाली जाग्राम बसेका थिए। अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बि

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसवर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुख्यदिन मतदानको दिन भएकाले अधिकांश तयारीका काम आजै गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।यस वर्ष मङ्सिर ५ गते पशुपतिनाथलगायत देशभरका शिवालयमा

‘वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ,२१ कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ […]

आज वैकुण्ठ चतुर्दशी, भगवान् शिव र विष्णुको मेल हुने दिन

काठमाडौं : कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशी। चतुर्मास अन्त्य हुँदा गर्दाको यो पर्वलाई सनातन धर्मअन्तर्गत वैष्णवअनुयायीले विशेषरूपमा मनाउँछन्।वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा उल्लेख छ। यसैले यो दिनलाई हरि (विष्णु) र हर (शिव) एक हुने दिन भनिएको छ। यो दिन विशेषगरी भगवान् शिव र विष्णुको विधिपूर्वक पूजाआराधना गर्नाले मृत्युपछि वैकुण्ठलोक प्राप्त हुने बताइएको छ। वैकुण्ठ चर्तुदशीकै अवसरमा विभिन्न तीर्थस्थलमा विशेष पूजा हुन्छ भने कतिपय स्थानमा मेला

गरियो नरक चतुर्दशी स्नान, दीपदान (नरके बगाउने) पर्व

काठमाडाैँ- प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व साेमबार बिहान मनाइएको छ। स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्। यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ। बोलीचालीको भाषामा नरके नुहाएर बगाउने […]

बाला चतुर्दशी : पशुपतिमा नशालु पदार्थ बेच्न र खान नपाइने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही मंसिर १६ गते बाला चतुर्दशी पर्वको अवसरमा पशुपतिमा नशालु पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ। बुधबार जिल्ला प्रशासनले एक सूचना जारी गर्दै सबैलाई यस्तो निर्देशन दिएको हो। ‘तीर्थयात्री भक्तजनलाई पशुपति क्षेत्रमा मांस-मदिरा तथा नशालु पदार्थ बिक्री वितरण तथा सेवन नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’सूचनामा उल्लेख छ।सूचनाविपरीत क्रियाकलाप गरेको पाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी

काठमाडौँ– यस वर्ष पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ। गत वर्ष कोरोना जोखिम तीव्र रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिक रुपमा स्थगित गरेको थियो। यस वर्ष भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालनको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। प्रत्येक वर्ष मार्गशीर्षकृष्ण […]

आज नरक चतुर्दशी स्नान, दीपदान

प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज मनाइँदैछ ।