काठमाडौं : कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशी। चतुर्मास अन्त्य हुँदा गर्दाको यो पर्वलाई सनातन धर्मअन्तर्गत वैष्णवअनुयायीले विशेषरूपमा मनाउँछन्।वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा उल्लेख छ। यसैले यो दिनलाई हरि (विष्णु) र हर (शिव) एक हुने दिन भनिएको छ। यो दिन विशेषगरी भगवान् शिव र विष्णुको विधिपूर्वक पूजाआराधना गर्नाले मृत्युपछि वैकुण्ठलोक प्राप्त हुने बताइएको छ। वैकुण्ठ चर्तुदशीकै अवसरमा विभिन्न तीर्थस्थलमा विशेष पूजा हुन्छ भने कतिपय स्थानमा मेला