सरकारले जनताको अपेक्षा बमोजिम काम गर्छ : महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने बताएका छन् । ज्येष्ठ काँग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षा बमोजिम नै काम गर्नेछ ।”सहमहामन्त्री डा.महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशास

सम्बन्धित सामग्री

जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छः नेता पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरूले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए। जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताउँदै उनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए। उपमहासचिव पुनले

जवान लोकतन्त्रमा जनताको अपेक्षा अझै शिशु

आजभन्दा १७ वर्षअगाडि अर्थात् २०६३ वैशाख ११ गते मुलुकमा लोकतन्त्र स्थापना भएको दिन । तत्कालीन प्रधानमन्त्री शेरबहादर देउवाको सिफारिशमा तत्कालीन श्री ५ महाराजजाधिराज ज्ञानेन्द्रबाट विघटन भएको संसद सात राजनीतिक दल र माओवादीको संयुक्त आन्दोलनपछि पुनःस्थापना गरी मुलुकमा लोकतन्त्र स्थापना भएको थियो । विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी …

जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार छ: मुख्यमन्त्री कार्की

काठमाडाैँ- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका तीन तह सरकारबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउँदै जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार रहेको बताएका छन्। आइतबार विराटनगरमा ७३ औँ प्रजातन्त्र दिवस मनाउने क्रममा मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तह सरकारबीचको अन्तर सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिएको बताएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]

देउवाको भारत भ्रमणबाट जनताको अपेक्षा के ? (भिडियो)

भ्रमण जानुअघि सत्तारुढ गठबन्धनको बैठक त बस्यो तर त्यो स्थानीय तहको निर्वाचनको विषयमा केन्द्रित थियो । प्रधानमन्त्रीको भ्रमणका एजेन्डा के–के हुन ? कसैलाई थाहा छैन ।

जनताको अपेक्षा  एमालेको नेतृत्वमा बलियो सरकार : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गरेका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताए । महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्न चाहेको पनि बताए । उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’उ

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिनेगरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्

मूल्यवृद्धि ९% हुने जनताको अपेक्षा

काठमाडौं । अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । यसैगरी मिडियन औसत मूल्यवृद्धि भने ९ प्रतिशत पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । आगामी ३ महीनामा नेपालको मिन (औसत) मूल्यवृद्धि भने ९ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा छ । सोही अवधिमा मिडियन मूल्यवृद्धि भने ८ प्रतिशत पुग्ने अपेक्षा गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले अवको ३ महीनामा अर्थात् चालू आवको दोस्रो त्रैमासमा मूल्यवृद्धि त्यस बराबर पुग्ने देखाएको हो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कायकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सर्वेक्षणमा  जनताले मूल्यवृद्धिको अपेक्षा गरेको बताए । बजारका ग्राहकहरूले दिएको जवाफको आधारमा यस्तो मूल्यवृद्धिको अपेक्षा गरेको देखिएको उनको भनाइ छ । ‘तर, त्यसअनुसार मूल्यवद्धि हुन्छ कि हुँदैन, त्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाउनेछ,’ उनले भने । हालैको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले असोजमा प्रक्षेपण गरेअनुसार मूल्यवृद्धि भएको देखिँदैन । सर्वेक्षणले वर्तमान समय अर्थात् असोजमा औसत मूल्यवृद्धि ९ दशमलव ४ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विश्वका अधिकांश केन्द्रीय बैंकहरूले मूल्यवृद्धि अपेक्षाका बारेमा सर्वे गर्दै आएका छन् । नेपालमा पनि राष्ट्र बैंकले गत आवको माघदेखि यस्तो सर्वेक्षण गर्दै आएको छ । राष्ट्र बैंकले असोजमा गरेको यो सर्वेक्षण दोस्रोपटक गरिएको हो । यस्ता सर्वेक्षणबाट आउने नतिजाअनुसार आवश्यक पोलिसीहरू बनाउन तथा सम्बद्ध नीतिलाई परिमार्जन गर्न सहज हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । ग्राहकको उमेरअनुसार मूल्यवृद्धिको अपेक्षा फरक देखिएको छ । २५ वर्षसम्मका ग्राहकले अबको ३ महीनामा औसत मूल्यवृद्धि १० दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा गरेका छन् । अबको १ वर्षमा भने दशमलव ३ प्रतिशत पुग्ने उनीहरूको अपेक्षा छ । यसैगरी ५६ वर्ष माथिका ग्राहकले अबको ३ महीनामा ११ दशमलव २ र १ वर्षमा १२ दशमलव प्रतिशत मूल्यवृद्धि पुग्ने बताएका छन् । यस्तै, शहरअनुसार पनि मूल्यवृद्धि फरकफरक हुने प्रक्षेपण गरिएको छ । वीरगञ्जका ग्राहकले अबको ३ महीनामा १२ दशमलव ५ र १ वर्षमा १३ दशमलव ४ प्रतिशत मूल्यवृद्धि पुग्ने बताएका छन् । यस्तै, नेपालगञ्जका ग्राहकले अबको ३ महीनामा ५ दशमलव ९ र १ वर्षमा ५ दशमलव ९ प्रतिशत नै मूल्यवृद्धि पुग्ने अपेक्षा गरेका छन् ।