सिमकोट- पूर्ण रुपमा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा सात वर्षयता सवारी साधन दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ। जिल्लाका आन्तरिक रुपमा सञ्चालनमा आएका सडकमा सवारी दुर्घटनामा पनि ठूलो रुपमा मानवीय क्षति भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले २०७४ साल बैशाख २८ गतेयता जिल्ल्लाको आन्तरिक रुपमा सञ्चालनमा आएका सवारी साधन दुर्घटनामा […]
सिमकोट – हिमाली जिल्ला हुम्लामा पाँचाँै दिनदेखि लगातार हवाई सेवा अवरुद्ध हुँदै आएको छ। मुख्यगरी नेपालगञ्जमा लाग्ने बाक्लो हुस्सुका कारण राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो। सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निसान झाले पाँच दिन लगातार हवाई सेवा अवरुद्ध भएको बताए। मुख्यगरी नेपालगञ्जको बाक्लो हुस्सुको कारण कर्णाली प्रदेशका हिमाली जिल्ला […]
सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा सहज बन्दै गएको छ । चार दिन अगाडिसम्म टिकट पाउन कठिन भइरहेको बेला उडान संख्या बृद्धि हुन थालेपछि दशैमा यात्रुहरुलाई टिकट पाउन सहज हुन थालेको हो । सोमबार तारा र समिट एयरले बिहानै तीन वटा उडान भर्दा यात्रुले टिकट सहजै पाएका थिए । एयरलाईन्सका […]
सिमकोट – राष्ट्रिय सडक सञ्जाल जोडिएपछि नयाँ बजार स्थापना भएको सर्केगार्ड गाउँपालिका–१ को सलीसल्लामा स्थापना भएका अधिकाँस व्यवसाय दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ। शुक्रबार गाउँपालिकाले बजार अनुगमन गर्ने क्रममा सो कुरा पाइएको हो। गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बजार अनुगन गर्ने क्रममा अधिकाँस व्यवसायहरु दर्ताबिनै सञ्चालनमा आएको बताए। सलीसल्लमा ६४ वटा व्यवसाय सञ्चालन हुँदै आएका छन्। […]
सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाबाट यस आर्थिक वर्षको असार २७ गतेसम्म दश जना प्रसव व्यथा लागेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। पछिल्लो पटक बुधबार बेलुका अदानचुली गाउँपालिका– ५ की २१ वर्षीया निर्मला शाहीको उद्धार गरिएपछि यो संख्या दश पुगेको हो। जिल्ला अस्पतालकी प्रसूतिगृहकी सम्पर्क व्यक्ति एवं वरिष्ठ अनमी […]
सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा तेस्रो दिनमा हवाई सेवा सुचारु भएको छ । गत मङ्गलबार रातीबाट मौसममा बदली आई बर्षा भई रहेको कारण हवाई सेवा अबरुद्ध रहँदै आएकोमा शुक्रवारबाट मौसममा सुधार आउदा हवाई सेवा सुचारु भएको हो। लगातार बर्षा भई रहेको कारण हवाई सेवा तीन दिनपछि सुचारु भएको नागरिक उड्डयान प्राधिकरण […]
सिमकोट – राष्ट्रिय सडक सञ्जाल जोडिएको चंखेली र सर्केगार्ड गाउँपालिकाको सिमाना सलीसल्लामा रहेको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरिने भएको छ। सलीसल्लासम्म आउने यातायातका साधन नदी पार गर्न उक्त पुल बनाउने प्रक्रिया सुरु भएको हो। हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुुमार यादवले असार मसान्तसम्म सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज बनाइने जानकारी दिए। पुल नबनेका कारण कारण कर्णाली […]
सिमकोट – दक्षिणी हुम्लामा व्यक्तिगत रूपमा लगानी गरेर पहिलो पटक आरसिसी भवन बन्न थालेको छ। राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै निर्माण सामग्री सस्तोमा ढुवानी भएर आउन थालेपछि आरसिसि पिलर भएको भवन निर्माण हुन थालेको हो। ताँजाकोट गाउँपालिका–३ का नरबिर थापाले पहिलो पटक गाउँमा आरसिसी पिलर भएको पक्की भवन निर्माण गरेको बताए। उनले सिमेन्ट, छड र सरिया […]
सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा विकासे खर्च (पुँजीगत) तीस करोड फिर्ता भएको पाइएको छ। समयमा विकासे कामहरू हुन नसकेको कारण पुँजीगत खर्च हालसम्म कै कम भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लाको विकासका लागि बिनियोजित बजेट मध्य पुँजीगत बजेट तीस लाख फिर्ता […]
आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।आगामी पुस महिनाभित्र हालसम्म राष्ट्रिय सडक सञ्जालसँंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए । सदरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको